(Saturday , 11 May,2024)

 २६ जना सहसचिवको एकैपटक सरुवा

NepalNewsLine

NepalNewsLine

Image 1

७ साउन, काठमाडौं - सरकारले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का २६ जना अधिकृतहरुको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवको विभिन्न मन्त्रालय र विभागमा सरुवा गरेको हो ।

सरुवा हुनेमा निजामती किताबखानामा रहेका सहसचिव टोकराज पाण्डेयलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने संघीय मामिलाका प्रदीपराज अधिकारीलाई सन्चार मन्त्रालयमा सरुवा गरेको छ ।

त्यस्तै नुरहरी खतिवडा आदिवासी जनजाति आयोगको सचिवमा सरुवा भएका छन् भने ध्रुवराज पण्डित भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएका छन् । रामकुमार महतो जाजरकोटको सीडीओबाट संघीय मामिलामा सरुवा भएका छन् भने आस्मान तामाङ अख्तियारमा गएका छन् ।

त्यस्तै तीर्थराज भट्टराई बागमती प्रदेशमा सरुवा भएका छन् भने ज्ञानराज सुवेदीलाई राष्ट्रिय सतर्कता केन्द्रबाट भौतिक मन्त्रालयमा सरुवा भएका छन् । यमलाल भुसाल राष्ट्रिय योजनामा सरुवा गरेका छन् । त्यस्तै सुनिल पौडेल भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनीमा सरुवा भएका छन् ।

मन्त्रालयले अमृत श्रेष्ठलाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरेको छ भने रामकृष्ण पुडासैनी मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै इन्दु घिमिरे हुलाक सेवा विभागबाट महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएकी छन् भने रामकृष्ण लामिछाने पनि महिला बालबालिकामा सरुवा भएका छन् ।

रमेशकुमार सिंहको सिक्टा सिँचाइबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा भएको छ भने मोहनराज चापागाईँ कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट संघीय मामिलाको अतिरिक्त समूहमा सरुवा भएका छन् ।

त्यस्तै श्यामकृष्ण थापा पोखरा महानगरपालिकाको प्रशासकीय अधिकृतमा सरुवा भएका छन् भने वीरेन्द्र भारती पोखराबाट ललितपुर महानगरपालिकामा सरुवा भएका छन् ।

ललितपुर महानगरका गणेश अर्याल गृहमन्त्रालयमा सरुवा हुँदा नवीनराज सिंह कोशी प्रदेशको सिँचाइ मन्त्रालयबाट ऊर्जामन्त्रालय सिंहदरबारमा सरुवा भएका छन् ।

त्यस्तै ऊर्जा आयोगका अरुण कुमार झा कोशी प्रदेशको खानेपानी तथा ऊर्जा मन्त्रालयमा सरुवा भएका छन् भने भिष्मकुमार भुसाल बागमतीको सामाजिक विकास मन्त्रालयमा सरुवा भएका छन् ।

श्ंकर पण्डित सहरी विकास मन्त्रालय, निराजन घिमिरे लुम्बिनीको मुख्यमन्त्री कार्यालय र नारायणप्रसाद भट्टराई गृह मन्त्रालयमा सरुवा भएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal