(Saturday , 11 May,2024)

सैनिक मन्च टुडिखेलमा बिभिन्न कार्यक्रमक साथ गणतन्त्र दिवस मनाईदै

NepalNewsLine

NepalNewsLine

Image 1

१५ जेठ, काठमाडौं - आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडिखेल) मा आज बिहानै विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ ।

पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउँदै  यसलाई अझै मजबुत बनाउनुपर्ने बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal