(Sunday , 12 May,2024)

राहदानी विभाग पुगेर परराष्ट्रमन्त्री साउदले भने सेवाग्राहीका काममा ढिलासुस्ती नहोस्

NepalNewsLine

NepalNewsLine

Image 1

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले राहदानी विभागको निरीक्षण गरेका छन्।

काठमाडौंको त्रिपुरेश्वरस्थित विभागमा आइतबार पुगेर मन्त्री साउदले सेवाग्राहीका काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन्।

उनले महानिर्देशक सुरेन्द्र यादवलाई सेवाग्राहीका काम समयमै गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

सेवाग्राहीले आफूहरूको काम समयमै नभएको गुनासो आफूसँग गरेको मन्त्री साउदको भनाइ थियो।

‘मैले सबै नागरिकहरुले आफ्नो अधिकारबमोजिम पाउने सेवा सुविधा उचित किसिमले समयमा उपलब्ध गराउनु पर्छ भनेर भनेको छु,’ अनुमगनपछि मन्त्री साउदले पत्रकारहरूसँग भने, ‘यसमा केही कमीकमजोरी भएको छ भने पनि त्यसलाई समाधान गर्न म फेरि समीक्षा गरेर निर्देशन दिन्छु।’


उनले राहदानी विभागमा सेवा लिन आउने सेवाग्राहीले भोग्नु परेको कठिनाइबारे बुझ्न आफू आएको बताए। साउदले सेवाग्राही र कर्मचारीसँग छलफल पनि गरेका थिए।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal