(Saturday , 23 November,2024)

सरकारलाई दिएकोसमर्थन पनि फिर्ता लिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, 

NepalNewsLine

NepalNewsLine

Image 1


२३ वैशाख, काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिएपनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग बहुमत कायमै रहेको छ । 

शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसदको समर्थन कायमै छ । २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन र टिकाउन बहुमत अर्थात १३८ सांसद भए पुग्छ ।

अहिलेपनि सरकारको पक्षमा कांग्रेसका ८७, माओवादी केन्द्रका ३२, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमतका ६ सांसद छन् । यो बाहेक प्रभु साहको आम जनता पार्टीको १, जनमोर्चा १ र स्वतन्त्र सांसद अमे्रशकुमार सिंहको पनि प्रचण्डलाई समर्थन कायमै रहेको छ । यो सबै संख्या जोड्दा १५८ सांसदको सरकारलाई समर्थन कायम रहने देखिन्छ ।

गत पुस १० गते नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक पुस २६ गते विश्वासको मत लिँदा २६८ सांसदको साथ पाउनुभएको थियो ।

तर, पछिल्ला दिनहरुमा सत्ता समीकरणमा आएको फेरबदलसँगै एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि गत चैत ६ गते दोस्रो पटक संसदबाट विश्वासको मत लिँदा प्रचण्डको पक्षमा २६२ सांसदले समर्थन जनाएका थिए ।

पछिल्लो पटक रास्वपाले समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ । रास्वपाको यो निर्णयसँगै अव प्रतिपक्षमा नेकपा एमाले, रास्वपा, राप्रपा र नेमपिका गरी चार दल हुने भएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal