(Friday , 10 May,2024)

 सुदूरपश्चिममा २ दिन सार्वजनिक बिदा

NepalNewsLine

NepalNewsLine

Image 1

३० भाद्र, कैलाली - थारु समुदायको पर्व अट्वारीको अवसरमा सुदुरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले ३१ भदौ  आइतबारका दिन प्रदेशभरि सार्वजनिक बिदा दिएको हो ।

सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ ।

तराईवासी थारु समुदायले भोलि र पर्सि दुई दिन अट्वारी पर्व मनाउँदै छन् । पर्वको अवसरमा थारुबहुल कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिकालगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायले अट्वारी पर्व धूमधामका साथ मनाउँदै आएका छन् ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal