(Saturday , 11 May,2024)

बाँकेको बाल सुधार गृहबाट भागेका ९ जना अझै  आएनन् सम्पर्कमा

NepalNewsLine

NepalNewsLine

Image 1

५ असोज, बाँके - बाँकेको डडुवा गाउँपालिका- ६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् ।

गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए ।

तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए ।

उनका अनुसार, बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालित छ । झडपका क्रममा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको डीएसपी डाँगीले बताए ।  केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।

कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । प्रहरीका अनुसार, बालसुधार गृहमा पोशाकका प्रहरीको उपस्थिति हुँदैन ।

‘सिभिलमा सीमित प्रहरी मात्र खटिन्छन्, सबै संस्थाले व्यवस्थापन गर्ने हो’, डाँगी भन्छन् ।

यसअघि २ भदौमा भक्तपुरमा रहेको बाल सुधार गृहमा पनि तोडफोड गरेर कैदीबन्दीहरु भागेका थिए ।

भक्तपुरबाट सारिएका कैदीबन्दीले २७ भदौमा वीरगञ्जस्थित सुधार गृहमा पनि तोडफोड गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal