(Friday , 10 May,2024)

एमाले गण्डकी प्रदेश अधिबेशन : बिहीबार मतदान हुदै

NepalNewsLine

NepalNewsLine

Image 1

१७ असोज, कास्की - नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका बिहीबार बिहान मतदान हुने भएको छ । यसअघि बुधवार साँझ मतदानको कार्य तालिका रहे पनि दिनभर पानी परेकाले मतदानको समय बिहीबारलाई सार्नुपरेको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिए । 

‘मतदानका लागि आज तय भएको कार्यक्रम भोलि मात्र हुने भयो । आज दिनभर पानी परेर निर्वाचन कार्यक्रम प्रभावित बन्यो’, थापाको भनाइ छ । 

पोखरा सभागृहमा जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६२ सदस्यीय नयाँ नेतृत्व चुन्नेछ । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ८ प्रतिनिधि सहभागी छन् । गण्डकी एमालेमा दुई समूह चुनावी प्रतिस्पर्धामा छन् । 

प्रदेश अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीबिच प्रतिस्पर्धा हुँदैछ । शर्माको प्यानलबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी, तथा उपसचिवमा क्रमशः मञ्जु अधिकारी र दामबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी अधिकारीको प्यानलबाट उपाध्यक्षमा बाबुराम विक, सचिवमा रश्मि आचार्य तथा उपसचिवमा सन्तोष रावल र मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal