(Friday , 10 May,2024)

 मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३३ जना घाइते

NepalNewsLine

NepalNewsLine

Image 1

७ साउन, धनगढी - अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका-४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय बिर्ख बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनी पञ्चदेवल विनायक नगरपालिका(६ का स्थायी बासिन्दा हुन् ।  दुर्घटनामा परेर ट्र्याक्टरमा सवार अन्य ३३ जना घाइते छन् ।

उनीहरुमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

ट्र्याक्टर ७० वर्षीय जहरी कामीको शवसहित मलामी बोकेर गइरहेको बेला घुम्तिमोडमा मोड्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal