(Saturday , 11 May,2024)

तिनाउ नदीले सतर्कता तह पार गर्ने चेतावनी

NepalNewsLine

NepalNewsLine

Image 1

१६ असार, बुटवल । अविरल वर्षाका कारण तिनाउ नदीमा जल सतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ ।

बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भइ तटीय क्षेत्रमा बाढीको जोखिम बढेको उल्लेख गरेको छ ।

नदीमा पानीको सतह ५.६ (एम) खतराको तह भएकोमा ७.२२ (एम) सतहमा पुगेको सूचनामा उल्लेख छ ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा बसोबास गर्नेहरूलाई दिउँसो तीन बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal