(Saturday , 11 May,2024)

बनगाड कुपिण्डे नगरपालिकाले ल्यायो ६९ करोड ८७ लाख बजेट

NepalNewsLine

NepalNewsLine

Image 1

सल्यान । बनगाड कुपिण्डे नगरपालिकाको १३ औ नगरसभामा बनगाड कुपिण्डे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ को लागि नीति तथा कार्यक्रम र बजेट पेश गरिएको छ ।

नगरसभामा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले नीति तथा कार्यक्रम र उप प्रमुख पुरुषोत्तम आचार्यले बजेट वक्तव्य पेश गर्नुभएको थियो ।

१३ औ नगर सभामा उप प्रमुख आचार्यले आर्थिक बर्ष २०८०र८१को लागि कुल ६९ करोड ८७ लाख २९ हजार रुपियाँको बजेट बिनियोजन गरेको बताउनु भयो ।
जस मध्य चालुतर्फ ४८ करोड ३४ लाख ४१ हजार र पुजिगत तर्फ २१ करोड ५२ लाख ८८ हजार बिनियोजन गरिएको छ ।
विनियोजित बजेट मध्य शिक्षा तर्फ २ करोड ६१ लाख ५० हजार , स्वास्थ्य तर्फ २ करोड ६० लाख ३४ हजार , युवा खेलकुद तथा मनोरञ्जन ३० लाख, खानेपानी तथा सरसफाइ १ करोड १० लाख ८८ हजार र सुस्वा बाट ३ करोड ७० लाख, लैगिक समानता र सामाजिक समाबेशीकरण २६ लाख ५० हजार, वन तथा भु सरक्षण र जलाधार सरक्षण १ करोड ९ लाख, विपद व्यवस्थापन २५ लाख, उधमशिलता विकास १७ लाख ५० हजार, सस्थागत विकास सुशासन तथा सेवा प्रबाहको लागि १२ करोड ९६ लाख, स्थानिय पुर्वाधार सडक १ करोड २० लाख, कृषि तथा पशुपालन १ करोड २५ लाख ३५ हजार, आगामी ४ वटा वडा कार्यालय निर्माणको लागि २ करोड ४० लाख, वस्ती स्तरबाट छनोट भए आएका १२ वटा वडा कार्यालयको लागि २ करोड ४० लाख, र अन्य विभिन्न साझेदारी रकम १ करोड ९५ लाख बजेट विनियोजन गरिएको नगरपालिकाले बताएकोछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal