(Saturday , 11 May,2024)

नेपालगन्जबाट ट्रकसहित १७ लाख बढीको अवैध तेल र चिनी बरामद

NepalNewsLine

NepalNewsLine

Image 1

नेपालगन्ज।  जिल्ला प्रहरी बाँकेले एउटा ट्रकसहित भारतबाट भन्सार छली गरि ल्याइएको ठुलो परिमाणको तेल र चिनी बरामद गरेको छ।

बाँके प्रहरीको टोलीले गए राति नेपालगन्ज १२ कोरियनपुरबाट भन्सार छलेर ल्याइएको ३ हजार किलो चिनी , ३ हजार लिटर स्वायबिन तेल , ५० पोका सुपरपावर सुर्तीसहित भे १ ख ३३४८ नम्बरको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नियन्त्रणमा लिइएको ट्रकसहित बरामद गरिएका सबै अवैध सामाग्रीको मूल्य १७ लाख ५२ हजार रुपैयाँ रहेको छ।

प्रहरीले बरामद गरेको अवैध ट्रकसहित सबै सामाग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको जनाएको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal