(Sunday , 12 May,2024)

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

NepalNewsLine

NepalNewsLine

Image 1

८ जेठ, बुटवल - लुम्बिनी प्रदेशका  नवनियुक्त मन्त्रीहरूले  शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नियुक्त गरेका  नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्र केश गुप्ताले शपथ ग्रहण गरेका हुन् ।

उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार शपथ ग्रहण  गराएका छन् । गुप्ता यसअघि  सामाजिक विकास मन्त्री र  अहिर कृषि मन्त्रीको जिम्मेवारीमा थिए । यस्तै खनाललाई भने सोमबार मात्रै मन्त्रीको जिम्मेवारी दिइएको हो । 

मुख्यमन्त्री चौधरीले विना विभागीय मन्त्रीहरूलाई पनि जिम्मेवारी तोकेका छन् । जसअनुसार विनाविभागीय मन्त्री धनबहादुर मास्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।   यस्तै लोसपाका सन्तोषकुमार पाण्डेयलाई  आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal