(Thursday , 21 November,2024)

 मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि थाले छलफल

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने विषयमा छलफल थालेका छन् ।

उनले बिहीबार जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशका संसदीय दलको बैठक बोलाएर छलफल गरेका हुन् ।  छलफलमा यादवले विश्वासको मत लिनका लागि रणनीति ढङ्गबाट अगाडि बढ्नुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि सबै प्रदेशसभा सदस्यहरू लाग्नुपर्ने धारणा राखेका थिए । 

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् । मधेस प्रदेशका प्रदेश सभा सदस्य रामअसिस यादवले विश्वासको मतका लागि जसपा नेपालले कांग्रेस र लोसपासँग छलफल गरिरहेको बताए । 

यद्यपि विश्वासको मत कहिले लिने भन्ने निश्चित भइनसकेको उनको भनाइ छ । जेठ २८ गतेदेखि जनकपुरमा हुने पार्टीको महाधिवेशनको बारेमा पनि संसदीय दलको बैठकमा छलफल भएको बताउँदै उनले जेठ १० गतेभित्र महाधिवेशन प्रतिनिधिको चयन गरिसक्नुपर्ने र त्यसमा सबै जना लाग्नुपर्ने बताए ।

बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा पनि छलफल भएको उनले जानकारी दिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal