(Sunday , 12 May,2024)

धरानका मेयर हर्कलाई अपशब्द नबोल्न वाइसिएलको चेतावनी

NepalNewsLine

NepalNewsLine

Image 1

२८ वैशाख, सुनसरी - सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क राई (साम्पाङ) लाई अपशब्द नबोल्न योङ कम्युनिष्ट लिग (वाइसिएल) ले चेतावनी दिएको छ ।

मेयर साम्पाङ र धरान वडाअध्यक्षहरुबीच विवाद उत्कर्षमा पुगेपछि उपमेयर अइन्द्र विक्रम बेघाले साम्पाङलाई समस्या समाधान गर्न सुझाव दिंदै एक विज्ञप्ति प्रकाशित गर्नुभएको हो । उपमेयर बेघाले सुझावसहितको विज्ञप्ति प्रकासित गरेपछि मेयर सम्पाङले मान्छे मारेर आउने मुलेहरुले मलाई विधि र प्रक्रिया सिकाउने भन्दै खिसि गर्नुभएको छ ।

त्यस पश्चात वाइसिएलले मेयर साम्पाङलाई अमर्यादित र असभ्य सब्द प्रयोग गरेर नबोल्न चेतावनी दिएको छ । वाइसिएल धरानका अध्यक्ष दिपक तामाङले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरेर जनताको त्याग, सपस्या र बलिदानबाट प्राप्त गणतन्त्रमाथि स्थानीय सरकार प्रमुख भएर जथाभावी बोलेर शहीदहरुको अपमान र धरान लज्जित भएको बताउनुभएको छ।

उहाँले मेयर साम्पाङको गैरजिम्मेवारीपनका कारण धारानमा बोल्ने बोलिचाली सच्याउन र शब्य भाषा बोल्न आग्रह समेत गर्नुभएको छ । आफ्नो बोलीचाली सच्याएर शब्य भाषा नबोले मेयर साम्पाङविरुद्द कडा आन्दोलन गर्ने अध्यक्ष तामङले चेतावनी दिनुभएको छ ।

पछिल्लो समय मेयर सम्पाङ सामाजिक सञ्जालमा अमर्यादित शब्द प्रयोग गरेर स्टाटस लेख्ने र अपशब्द प्रयोग गरी लाइभ बस्ने र वडाअध्यक्षहरुलाई गुइठे भनेर विवादित बन्नुभएको छ। मेयर र वडा अध्यक्षको विवादका कारण धरानको कार्यपालिका बैठक समेत बस्न सकेको छैन ।

मेयर साम्पाङको समूह र वडाअध्यक्षको समूह एक-अर्कामा आक्रमण र आरोप-प्रत्यारोपमा उत्रिएपछि धरानमा सुरक्षा खतरा बढेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal