(Friday , 10 May,2024)

हुलास स्टीलमा मृत्यु भएका कुर्मीको परिवारलाई क्षतिपूर्ति प्रदान

NepalNewsLine

NepalNewsLine

Image 1

७ भाद्र, बारा - जीतपुरसिमरा १ स्थित हुलास स्टीलमा बुधबार मृत्यु भएका सवारी चालकको परिवारलाई क्षतिपूर्ति र रोजगारी दिने सहमति भएको छ । 

उद्योगमा काम गर्ने क्रममा क्रेनको हुक चुडिएर लाग्दा वीरगन्ज महानगरपालिका १४ पिप्राका वीरेन्द्र राउत कुर्मीको बधुबार मृत्यु भएको थियो । 

करिब ४५ वर्षीय कुर्मीको वीरगन्जस्थित स्पर्श अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

उद्योगमा काम गर्ने क्रममा बुधबार बिहान करिब ६ः३० बजे आफैले चलाएको क्रेनको हुक चुडिएर  उनी घाइते भएका थिए ।

घटनालगत्तै सिमरास्थित अल्पाइन अस्पतालमा उपचार गराई वीरगन्जमा रहेको स्पर्श अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा करिब १२ बजे कुर्मीको मृत्यु भएको परिवारले जनाएको छ ।

कुर्मीको मृत्युपछि उद्योग प्रशासनले कानुन बमोजिम ५ लाख क्षतिपूर्ति, ५० हजार काजक्रिया खर्च र परिवारको एकजना सदस्यलाई रोजगारी दिने सहमति भएको हुलास स्टिलका प्रशासक अखिल सिंहले जनाएका छन् । 

कुर्मी करिब ३० वर्षदेखि उद्योगमा कार्यरत थिए ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal