(Friday , 10 May,2024)

लालबन्दि ८ का वडा अध्यक्ष द्वारा ४० घरधुरीका परिवारलाई उन्नत जातका बाख्रा वितरण

NepalNewsLine

NepalNewsLine

Image 1

१६ असार, सर्लाहि - लालबन्दि नगरपालिका वडा नम्बर ८ का अध्यक्ष शुक्र लामाले ४० घरधुरीका परिवारलाई उन्नत जातका बाख्रा वितरण गरेका छन । उन्नत जातका बाख्राबाट ति परिवारलाई बाख्रा व्यवसायको लागि टेवा पुग्ने बताएका छन ।

विकास भनेको कुलो, नाला, बाटो, ढलान, पिच, गर्ने जस्ता aभौतिक निर्माण मात्र नभई सामाजिक विकास गर्नु, जनतालाई आर्थिक रुपमा सबल बनाउनु पनि विकास हो भन्ने उनको धारणा रहेको छ । त्यसकारण उनले उन्नत जातका बाख्रा वितरण गरेका हुन । 

विकास भन्ने बितिकै सबैले बाटो बनाउने, कुलो बनाउने, ढलान गर्ने, पिच गर्ने जस्ता काममा मात्र ध्यान दिने गर्दछन । तर अध्यक्ष शुक्र लामाले विकासका लागी समुदायको सामाजिक र आर्थिक पक्षलाई पनि हेर्नु पर्दछ भन्दै ति घरपरिवारलाई उन्नत जातको बाख्रा वितरण गरेका हुन ।

समुदायको प्रत्येक घरपरिवारको सामाजिक र आर्थिक उन्नति भए विकासको अनुभुति गर्न सकिने बताएका छन । बाख्रा नपाएका बाँकि परिवारलाई आगाामी दिनमा दिने प्रतिबद्धता गरेका छन । 

शुक्र लामा अध्यक्ष भए पश्चात उनले यस्ता धेरै उदाहरणीय काम गर्दै आएका छन । केहि दिन अगि मात्र उनले सि/सि क्यामेरा र विद्यालयमा डिजिटल बोर्ड वडान गरेका थिए । आगामी दिनमा पनि यस्ता उत्पादनमुलक, सिपमुलक र रोजगारिमुलक कार्यक्रमहरु ल्याउने बताएका छन ।

यसरि उनले जसरि नै अन्य जनप्रतिनिधिले पनि काम गर्ने हो भने वडा, पालिका, प्रदेश र देश बन्न धरै समय लाग्ने छैन । उनिबाट अन्य जनप्रतिनिधिहरुले सिक्न जरुरि छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal