६ असोज, चितवन - नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसन, केन्द्रीय समितिको सातौं राष्ट्रिय परिषद वैठक चितवनको कटेरो पार्टी प्यालेसमा आज हुदैछ ।
भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जीता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यतामा ११ः३० बजे समुद्दघाटन हुने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपाल वार एशोसिएशनका महासचिव अञ्जिता खनाल, मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, सह–सचिव कृष्ण प्रसाद सापकोटा, वरिष्ठ अधिवक्ता, वार एशोसियसनका पूर्व पदाधिकारीहरु समेतको उपस्थितिमा भव्य कार्यक्रम रहेको एशोसियसनका महासचिव कृष्ण प्रसाद दाहालले बताउनु भएको छ ।
एशोसियसनले विहान ७ः३० बजे प्रभात फेरी कार्यक्रम गरीरहेको छ ।
प्रतिक्रिया