(Saturday , 11 May,2024)

 बागमती प्रदेश सरकारको संविधान दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

NepalNewsLine

NepalNewsLine

Image 1

३ असोज, काठमाडौँ - संविधान दिवस २०८० को अवसरमा बागमती प्रदेश सरकारद्वारा प्रभातफेरी गरिएको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितको उपस्थितमा हेटौँडाको बुद्ध चोकबाट प्रभातफेरी निकालिएको हो ।

बुद्ध चोकबाट सुरु भएको प्रभातफेरी पिपल बोट, चौकिटोल ओरालो, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

प्रभातफेरीमा प्रदेशका मन्त्री तथा सचिव, कर्मचारी विभिन्न सङ्घ संस्था लगायतको उपस्थिति रहेको थियो ।

प्रभातफेरीमा सुरक्षा निकायले व्याण्डबाज प्रस्तुत गरेका थिए भने सामाजिक सङ्घ संस्थाले पञ्चेबाजा संस्कृतिका झाकीहरु प्रस्तुत गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal