(Saturday , 11 May,2024)

 ६ जना चेपाङ जंगली विषालु च्याउ खाँदा बिरामी

NepalNewsLine

NepalNewsLine

Image 1

२४ साउन, काठमाडौं - मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जना गम्भीर किरामी परेका छन् ।

गाउँपालिकाको २ नम्बर वडाको औडारमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका वडाध्यक्ष बुद्धराम लामाले जानकारी दिए ।

च्याउ पकाएर खाँदा स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको लामाले बताए ।

उनका अनुसार विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।

च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिए पनि थप उपचारको लागि भरतपुर रिफर गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले बताए ।

‘आईसीयु सहितको थप उपचार आवश्यक पर्ने देखिएकोले रिफर गरेका छौं,’ कार्कीले भने ।

राक्सिराङमा जंगली च्याउका कारण चेपाङ समुदायका स्थानीयले बर्सेनि ज्यान गुमाउने, गम्भीर विरामी हुने समस्या भोग्दै आएका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal