(Saturday , 11 May,2024)

बागमतीका ५ मन्त्रालय ४० दिनदेखि मन्त्रीविहीन

NepalNewsLine

NepalNewsLine

Image 1


२० वैशाख, मकवानपुर - सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डाको विषय नमिल्दा बागमती प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । बागमती प्रदेशका ५ मन्त्रालय ४० दिनदेखि मन्त्रीविहीन अवस्थामा छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको सुरुवातमै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य शालिकराम जम्कट्टेलको नेतृत्वमा सरकार गठन भयो । एमाले, राप्रपासहितको समर्थनमा बनेको सरकारबाट ती दुवै दल बाहिरिसकेका छन् ।

केन्द्रमा बनेको गठबन्धन अनुसार बागमती प्रदेशमा पनि सरकार विस्तार गर्नुपर्ने अवस्था छ । यद्यपि, हाल ११ मध्ये ६ मन्त्रालयमा मात्र मन्त्री नियुक्त भएका छन् । अन्य ५ मन्त्रालय गत चैत १० गतेदेखि मन्त्रीविहीन अवस्थामा छन् ।

सरकारमा केन्द्रकै गठबन्धन अनुसारका दलहरु सामेल हुने भए पनि मन्त्रालयको भागबण्डा नमिल्दा विगत ४० दिनदेखि ती मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन् ।

प्रदेशका ६ मन्त्रालयमा मन्त्री छन् तर ती मन्त्रालयमा पनि सत्ता साझेदार दलहरुको आ–आफ्नै दाबीका कारण फेरबदल हुने सम्भावना छ । जसका कारण मन्त्री भएका मन्त्रालयले पनि पर्याप्त मात्रामा काम गर्न सकेको अवस्था छैन ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal