(Friday , 10 May,2024)

“कास्कीमा विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम सफल कार्यान्वयन भयो”

NepalNewsLine

NepalNewsLine

Image 1

जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमका कास्की संयोजक लिलाधर पौडेलले अति बिपन्न जनताको आर्थिक स्तर सुधार्न प्रदेश सरकारले ल्याएको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम सफल कार्यान्वयन भएको बताएका छन् ।

उक्त कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अवस्था निरीक्षण गर्दै पौडेलले विपन्नहरूको आय आर्जनमा जग बसाउन ल्याइएको कार्यक्रमबाट पूर्ण लाभ लिदै भविष्यमा व्यवसाय बिस्तार हुनेगरी व्यवसायिक कृषि प्रणाली अबलम्बन गर्ने पूर्बाधार निर्माणका लागि निरन्तर प्रयासरत हुन स्थानीय कृषकहरूलाइ आग्रह गरे । उनले कृषि उपजबाट समृद्ध नेपाल सुखी नेपालीको अबधारणा साकार हुनेहुँदा यो कार्यक्रमको सफलताले नै भाबी अन्य कार्यक्रम समेत आकर्षित हुनु नहुने कुरा निर्धारण गर्ने हुँदा कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह पनि गरे ।

कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले कुल लागतको ९० प्रतिशत प्रदेश सरकार र बाँकी दस प्रतिशत रकम लाभग्राही स्वयंले ब्यहोर्ने गरि संचालित कार्यक्रम परिणाम उन्मुख र सफल देखिनुले अब समृद्धिका दिन धेरै टाढा नभएको आफुहरूलाई महसुस भएको उल्लेख गरे । बरालले केही गर्ने इच्छा शक्ति भएका तर लगानी तथा अन्य कारणले आफ्नो आर्थिक अबस्था सुधार गर्न नसकेका जनताको लागि यो कार्यक्रम फलदायी हुने बिश्वास व्यक्त गरे ।

कृषि ज्ञान केन्द्र पोखराका प्रमुख शालिकराम अधिकारीले रूपाको ईस्लामिक कृषि समुहलाइ करिब बाईस लाख रूपैयाँको लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर , तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा बितरण गरिएको जानकारी दिए । उनले मादी गाउँपालिका(७ स्थित थाक गाउँमा करिब बाईस लाख रूपैयाँकै लागतका मौरी सहितका घार, कुखुरा सहितका खोर ,तरकारी टनेल तथा विभिन्न फलफूलका बिरुवा वितरण गरिएको पनि बताए ।

रूपा गाउपालिकाका मिया गाउँका स्थानीय अगुवा तथा समाजसेवी सबाबक्स मियाले विपन्न वर्गको उत्थानका लागि सहयोगी कार्यक्रम ल्याएकोमा प्रदेश सरकारलाई आभार प्रकट गर्दै यी र यस्ता जनहितकारी कार्यले नै नेपालमा संघियताको औचित्य पुष्टि हुँदै जाने बताए । त्यस्तै मादी थाकबस्तीकी स्थानिय लाभग्राही कृषक थाक विपन्न वर्ग तरकारी उत्पादन कृषि समूहकी अध्यक्ष पदम कुमारी कोइरालाले आफुहरूको पीडा बुझ्ने प्रदेश सरकार भएको अनुभुति आफुहरूलाई भएको भन्दै यो अवसरको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

विपन्न समुदायको बसोबास भएको बस्तीको पहिचान गरि आर्थिक बर्ष २०७९(८० को कार्यक्रम अन्तर्गत कृषि तथा भुमि व्यवस्था मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र मार्फत जनताको आयस्तरमा सुधार ल्याउने उद्देश्यले प्रदेशका ११ वटै जिल्लामा सो कार्यक्रम संचालित छ । कार्यक्रमअन्तर्गत कास्की जिल्लामा रूपा गाउँपालिका(६ को मिया गाउँस्थित ईस्लामिक कृषि समुह र मादी(गाउँपालिका(७ स्थित थाक गाउँको विपन्न बस्ति चालू आर्थिक वर्ष २०७९(८०मा छनोटमा परेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal