(Friday , 10 May,2024)

गण्डकीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

NepalNewsLine

NepalNewsLine

Image 1


२३ वैशाख, गण्डकी -  प्रदेश सभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने बताउनुभएको थियो । सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको जानकारी दिनुभयो ।

गठबन्धनमा आन्तरिक तयारी भइरहेको र मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने उहाँले बताउनुभयो । मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्यजिम्मवारी सम्हालेपछि सरकारका कामकारबाहीले गति लिने उहाँको भनाइ छ ।

मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको पाई सकेका कारण अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नहुने र सहज रुपमा अघि बढ्ने उहाँको भनाई थियो ।

६० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का ७ र नेकपा (एकीकृत समाजवादी) का एक गरी ३५ बहुमत सदस्यले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशम जुग्जालीले गठबन्धन दलहरुबीच मन्त्रालयको भागबण्डा मिलिसकेको बताउनुभयो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal