(Friday , 10 May,2024)

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागे विश्वासको मत 

NepalNewsLine

NepalNewsLine

Image 1

२० वैशाख, गण्डकी - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदमा विश्वासको मत मागेका छन् ।  प्रदेश सभाको बिहीबारको बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८(४) अनुसार विश्वासको मत मागेका हुन् । 

अब संसदमा रहेका दलले उक्त प्रस्तावमाथि आ-आफ्नो धारणा राख्ने छन् । त्यसपछि मत विभाजन हुनेछ । पाण्डेले विश्वासको मत पाउने पक्का छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका एक गरेर ३५ जना पाण्डेको पक्षमा छन् । 

पाण्डे गत वैशाख १४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal