(Sunday , 12 May,2024)

एमालेले टुंग्यायो कोशीका तीन मन्त्री र एक राज्यमन्त्री

NepalNewsLine

NepalNewsLine

Image 1

२२ भाद्र, विराटनगर - कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनको शपथ केहीबेरमा हुनेछ । कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् ।

सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाउने तय भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal