९ भाद्र, धरान - स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्याली निकालिएको छ ।
हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्यालीमा हजारौं सर्वसाधारण सहभागी छन् ।
इटहरीबाट निस्केको र्याली तरहराको पानीपियासम्म जानेछ । त्यहाँबाट भने निषेधाज्ञा लगाइएको छ ।
आन्दोलनकारीहरुले निषेधाज्ञा लगाइएको ठाउँमा पुगेर धर्ना दिने कार्यक्रम रहेको छ ।
धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले शान्ति र्याली निकालेका हुन् ।
मुठभेडको खतरा पैदा भएको भन्दै जिल्ला प्रशासन कार्यालयले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।
र्यालीमा धर्मनिरपेक्षता खारेजी र हिन्दुराज्यको माग गर्दै नारावाजी भइरहेको छ ।
प्रतिक्रिया