(Saturday , 11 May,2024)

विपक्षीको बहिस्कारपछि कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

NepalNewsLine

NepalNewsLine

Image 1

६ भदौ, विराटनगर - प्रमुख प्रतिपक्षी  दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उठेका थिए । उनीहरु सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार सभाध्यक्षको पनि मत प्रयोग गरेर विश्वासको मत लिएका थिए  । त्यसको विरोध गर्दै प्रतिपक्षी दलहरुले प्रदेशसभा बहिस्कार गरेका हुन् ।

बैठक सुरु भएलगतै  बोलेका राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले  विश्वासको मत लिने प्रक्रियामा सभाध्यक्षबाट गैर संवैधानिक, गैर संसदीय अभ्यास भएका कारण बैठक बहिस्कार गर्ने बताए ।

उनीपछि बोलेका एमाले सांसद तिलकुमार मेन्याङ्बोले बैठकको अध्यक्षता गर्ने व्यक्तिले असंवैधानिक काम गरेको बताए ।

सभाध्यक्षले संविधानको ठाडो उल्लङ्घन गरेको बताउँदै उनले फेरि असंवैधानिक कदम हुनसक्ने भएकाले संसद बैठक बहिस्कार गरेको बताए ।

त्यसपछि एमाले सांसदहरुले ‘असंवैधानिक कदम मुर्दाबाद’ भन्दै संसदबाट बाहिरिएका थिए ।

बुधबारको बैठकमा प्रदेश निजामती  सेवा ऐन २०७९  लाई संसोधन गर्न बनेको विधेयक र  स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो ।

तर प्रतिपक्षले संसद बैठक बहिस्कार गरेपछि कार्यसूचीमा बैठक प्रवेश गर्न सकेन् ।

सभाध्यक्षलाई प्रयोग गरेर विश्वासको मत लिएपछि नेकपा एमालेले संसदीय दलका नेता हिक्मतकुमार कार्की  रिट लिएर सर्वोच्च पुगेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal