(Sunday , 12 May,2024)

कोशी प्रदेशमा ज्येष्ठ सदस्यलाई राज्यमन्त्री बनाउँदै गठबन्धन

author

Anonymous

Image 1

३१ साउन, विराटनगर । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ ।

मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्री बनाउने भएका हुन् । उनको शपथ आजै तय भएको छ ।

गठबन्धनको निर्णय अनुसार मण्डलले राज्यमन्त्री पाउने माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

कोशी प्रदेशसभा सभामुखविहीन छ । उपसभामुख एमालेकी सृजना दनुवार छिन् । साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । भदौ १ गतेबाट उनले प्रदेशसभा बैठक बोलाएका छन् ।

उपसभामुखले राजीनामा दिए ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् ।

उपसभामुखले राजीनामा दिए प्रदेश सभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने रणनीतिसहित मण्डललाई गठबन्धनकाले मन्त्री बनाउन लागेको हो ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग कठिन बहुमत ४७ नै सांसद छन् । विपक्षमा एमालेका ३९ ९उपसभामुख बाहेक० र राप्रपाका ६ सांसद छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal