(Saturday , 11 May,2024)

गोलभेँडाको मूल्यवृद्धिले किसान खुसी : रोगले बोट मर्न थालेपछि दुःखी

author

Anonymous

Image 1

विराटनगर । धनकुटा नगरपालिका–७ का किसान मातृका राई गोलभेँडाको मूल्य उच्च हुँदा खुसी छन् । तर यो खुसी क्षणिक हुने देखिएको छ । किनकि रोगका कारण गोलभेँडाको बोट नै मर्न थालेको छ । 
उनले १५ रोपनी जग्गामा गोलभेँडा खेती गरेका थिए । ‘तर, अहिले १ रोपनीमा मात्रै बचेको छ । अरु सबै रोगले मर्यो,’ उनले सुनाए । बचेको गोलभेँडाको मूल्य आफूले खेती गरेको इतिहासमै सबैभन्दा धेरै पाएको उनको अनुभव छ । 

‘गोलभेँडाको मूल्य राम्रो छ । ११० रुपैयाँ प्रति किलोसम्म विक्री भइरहेको छ । अघिल्लो वर्ष यो समयमा ४० रुपैयाँ प्रतिकिलो थियो,’ उनले सुनाए ।  तर, धनकुटाका अधिकांश किसानले लगाएको गोलभेँडा खेतीमा रोगले भने समस्यामा पारेको उनको भनाइ छ । ०६३ सालदेखि नियमित खेती गरिरहेका उनले यो सिजनमा अधिकतम ७५ रुपैयाँ प्रति किलोसम्ममा मात्रै टमाटर विक्री गरेका थिए । तर, अहिले ११० रुपैयाँसम्ममा विक्री गरे । 

धनकुटाको धेरैजसो उत्पादित गोलभेँडा विक्री धरानस्थित कृषि बजारबाटै हुने गरेको छ । कृषि बजार व्यवस्थापन समिति, धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले पनि गोलभेँडाको मूल्य इतिहासमै उच्च भएको आफूले पाएको बताए । धनकुटाको टमाटर यो सिजनमा उक्त बजारमा दैनिक सरदर ३० टन आउँछ ।

‘धरान कृषि बजारमा गोलभेँडाको होलसेल मूल्य बुधबार १२५ रुपैयाँ प्रतिकिलोमा कारोबार भयो । अहिलेको मूल्य १४० रुपैयाँसम्म पुगेको नयाँ रेकर्ड हो,’ भट्टराईले सुनाए । 
गोलभेँडाको मूल्य अत्याधिक हुनुमा माग धेरै भएको उनको दाबी छ । त्यही अनुसार गोलभेँडा लिन धरान, इटहरी, विराटनगर, दमक, विर्तामोबाट जाने व्यापारीको चाप धेरै छ । उनका अनुसार भारततिर पनि टमाटर गइरहेको कारण मूल्य वृद्धि भएको देखिन्छ ।

दुई साता अघिसम्म प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बिक्री हुँदै आएको गोलभेँडाको मूल्य बढेर अहिले विराटनगरमा खुद्रा मूल्य १४० देखि २ सय रुपैयाँसम्म पुगेको व्यापारीहरुले बताएका छन् । 
उनको अनुभवमा धनकुटाबाट विगतमा आउने भन्दा गोलभेँडा आयात घटेको छैन ।  उनले किसानले एक महिना अगाडि विक्री नभएर गोलभेँडा रोडमा फाल्दा कसैले क्षतिपूर्ति नदिको स्मरण गर्दै अहिले उच्च मूल्य  किसानले पाउनु राम्रो भएको प्रतिक्रिया दिए । ‘सधैँ मूल्य पाइरहने वातावरण बनाएदेखि किसानलाई प्रोत्साहन मिल्ने थियो,’ उनले भने । 

दुई साता अघिसम्म प्रतिकिलो ४० देखि ५० रुपैयाँमा बिक्री हुँदै आएको गोलभेँडाको मूल्य बढेर अहिले विराटनगरमा खुद्रा मूल्य १४० देखि २ सय रुपैयाँसम्म पुगेको व्यापारीहरुले बताएका छन् । 

केही समय अघि नेपालमा भारतीय गोलभेँडा खुलेआम आयात भएको भन्दै किसानहरुले सडकमा पोखेर विरोध गरेका थिए । नेपाली किसानले गोलभेँडाको भाउ नपाएको भन्दै विरोध जनाएपछि सरकारले भारतबाट हुने आयातमा कडाइ गरेको थियो । त्यसको एक महिना पनि बित्न नपाउँदै भारतमा गोलभेँडाको अभाव सिर्जना भई पश्चिम बंगाल क्षेत्रमा प्रतिकिलो २०० रुपैयाँ भारुमा बिक्री हुन थाल्यो । 

टमाटरको अभाव भएपछि भारतले पनि आयातमा लगाउँदै आएको प्रतिबन्ध खुला गरेको छ । भारतले आयात खुला गरेपछि नेपाली किसानले उत्पादन गरेको ठूलो परिमाणमा गोलभेँडा दैनिक भारत निर्यात भइरहेको छ । 

अहिले पहाडी जिल्लाका किसानहरुले अग्रिम भुक्तानी लिएर मात्र व्यापारीलाई गोलभेँडा बिक्री गर्ने गरेका छन् । पहिले २० हजारको गोलभेँडाले पिकअप भरिने गरेको थियो । अहिले एउटा पिकअप भर्न ३ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।
धनकुटा, तेह्रथुम आदि जिल्लाका किसानले उत्पादन गरेको गोलभेँडा अहिले प्रतिकिलो ११० रुपैयाँले बिक्री गरिरहेको विराटनगरका तरकारी व्यवसायीहरुले बताएका छन् । 
लामो समयदेखि विराटनगरको गुद्री बजार सञ्चालक समितिमा आवद्ध भएका गुड्डु मियाँका अनुसार अहिले किसानहरुले गोलभेँडाको पर्याप्त मूल्य पाइरहेको र भारततर्फ निर्यात हुँदा नेपाली उपभोक्ताले भने महँगोमा उपभोग गर्नु परेको बताएका छन् । 

अहिले पहाडी जिल्लाका किसानहरुले अग्रिम भुक्तानी लिएर मात्र व्यापारीलाई गोलभेँडा बिक्री गर्ने गरेका छन् । गुड्डु मियाँ भन्छन्, ‘पहिले २० हजारको गोलभेँडाले पिकअप भरिने गरेको थियो । अहिले एउटा पिकअप भर्न ३ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।’ 

धनकुटा क्षेत्रको मौनबुधुक, महाभारत, तेह्रथुमका विभिन्न स्थान, इलाम, पाँचथर तथा भोजपुरका कतिपय ठाउँमा गोलभेँडा खेती हुने गरेको छ ।

धनकुटा–४ कै अगम राईले भने यो सिजनमा गोलभेँडा निकाल्न सकेनन् । एक महिना अगावै उनले गोलभेँडा विक्री गरिसके । भन्छन्, ‘बेच्ने बेलामा बोट सुक्न थाल्छ । के कारणले भइरहेको छ भन्ने कुरा पहिचान हुन सकेकै छैन ।’

कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले पनि समस्याको पहिचान नभएको उनले बताए । ‘माटो बिग्रिएको हो कि भन्ने विषयमा पनि हामीले परीक्षण गर्यौं । तर, त्यस्तो देखिएन । नयाँ माटोमा पनि उही समस्या देखियो,’ अगमले भने । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal