(Saturday , 11 May,2024)

कोशी सरकार ढलेपछि हिक्मत कार्की भन्छन्– १७ गतेपछि मुख्यमन्त्रीको हैसियत प्राप्त गर्छु

author

Anonymous

Image 1

काठमाडौँ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले साउन १७ गतेपछि आफूले मुख्यमन्त्रीको हैसियत प्राप्त गर्ने बताएका छन् । 

सर्वोच्चको परमादेशले उद्धव थापा नेतृत्वको सरकार ढलेसँगै साउन १७ गतेपछि आफूले फेरि मुख्यमन्त्रीको हैसियत प्राप्त गर्ने उनले बताए । ‘मुख्यमन्त्रीको हैसियत १७ गतेपछि प्राप्त गर्छु’, उनले भने, ‘तर, अर्को सरकार बनेसम्म मै मुख्यमन्त्री हो ।’

उनले मुख्यमन्त्री चयन प्रक्रिया असंवैधानिक भएको सर्वोच्चको परमादेशले प्रष्ट भएको उल्लेख गर्दै अर्को सरकार बन्नका लागि पनि आह्वान भएको बताए । नयाँ सरकार नबन्दासम्म पुरानै सरकारले काम गर्ने पनि उनको भनाइ छ । 

उनले अदालतले कामचलाउको हैसियतमा काम गर्ने बाटो खोलिदिएको पनि बताए । ‘अब मेरो त खुलिहाल्यो नि’, उनले भने, ‘असंवैधानिक काम भयो भन्ने कुरा स्थापित भयो ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal