(Saturday , 11 May,2024)

सुनसरीमा बाढीले चौकी डुबान, सिंघियाका कारण तीन परिवार विस्थापित

author

Anonymous

Image 1

२९ असार, विराटनगर । अविरल वर्षासँगैको आएको बाढीका पूर्वी नेपालको तराई क्षेत्र प्रभावित भएको छ । ठाउँ(ठाउँमा बाढीका कारण डुवान भएको छ ।

सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण प्रहरी चौकी डुबानमा परेको छ । भोक्राहानरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकी डुबानमा परेको हो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले  डुबान भएपछि प्रहरीले प्रहरी चौकी  छाड्नु परेको बताए । सुनसरी खोलाको बाढी पसेका कारण प्रहरी चौकीको कम्पाउण्डभित्र ४ फिटसम्म पानी जमेको छ ।

चौकीबाट विस्थापित बनेका प्रहरी हरिनगरा गाउँपालिका–५ स्थित सिसुवाधरमपुर आधारभूत विद्यालयमा गएर बसिरहेका छन् ।

सिंघिया खोलामा आएको बाढीले घर बगाएपछि मोरङमा तीन परिवार विस्थापित भएका छन् । मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर भत्किएपछि ३ परिवार विस्थापित भएका मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार  दाहालले बताए । विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको दाहालले बताए । सोही स्थानका अन्य दुई  घर पनि जोखिममा छन् ।

शुक्रबार बिहानको सबेरैदेखि भइरहेको वर्षाका कारण खोलाहरुमा  बाढी आएको छ । बाढीका कारण नदी किनारका बस्तीहरु जोखिमा परेका छन् । धेरै स्थान डुबानमा रहेको जानकारी आएपछि अन्य क्षतिको विवरण आइनसकेको दाहालले बताए ।

मोरङका बूढी, सिंघिया, केसलीया, लोहन्द्रा, बक्राहालगायतका खोलामा बाढी  आएका कारण नदी किनार क्षेत्रमा  सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal