(Saturday , 11 May,2024)

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ, आचार्यलाई आर्थिक मामिला मन्त्रालय

author

Anonymous

Image 1

२४ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।

माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन।

उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज  मन्त्री नियुक्त गरेका थिए ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक(एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal