(Sunday , 12 May,2024)

कोशी प्रदेश सरकार विस्तार : माओवादीबाट २, कांग्रेसबाट एक मन्त्री नियुक्त

author

Anonymous

Image 1

२४ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरुको मन्त्रालय भने टुंगिएको छैन ।  उनीहरूले आजै शपथ ग्रहण गर्नेछन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक(एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal