(Sunday , 12 May,2024)

कोशी प्रदेश मुख्यमन्त्री थापाले लिए शपथ

author

Anonymous

Image 1

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले  पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् । 

थापाले आजै सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा ९एकीकृत समाजवादी० बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिने तयारी छ । 
माओवादी केन्द्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal