(Saturday , 11 May,2024)

कोशीमा जबेगु र सुनुवार बने मन्त्री

author

Anonymous

Image 1

२२ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पहिलो चरणमा दुई जनालाई मन्त्री नियुक्त गरेका छन् ।

थापाले नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले आजै शपथ ग्रहण गरेका छन् । उनीहरुको मन्त्रालय तोकिएको छैन ।

माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।

नेपाली कांग्रेसबाट उद्धव थापा बिहीबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal