(Sunday , 12 May,2024)

कोशी प्रदेश : प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि दिएको समय सीमा आज सकिँदै

author

Anonymous

Image 1

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।

प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा ९२० अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।

उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् ।

नयाँ सरकार गठनकै लागि तीव्र छलफलमा रहेका दलका प्रदेशस्तरीय नेताहरू केही दिनदेखि काठमाडौँमा रहेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार अहिले बिहान गठबन्धन दलबीच कोशी प्रदेशको सरकार गठनको विषयमा आज बिहानै छलफल हुँदै छ ।

गठबन्धन दलले यसअघि नै मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ । उनैलाई राप्रपालाई सहमतिमा ल्याउने जिम्मा पनि दिइएको छ । ६ सिट रहेको राप्रपाले सहयोग नगरे अब बन्ने सरकारको भविष्य पनि ३० दिनपछि अन्योलग्रस्त देखिन्छ । अहिलेसम्म राप्रपाले नयाँ सरकार गठनका लागि सहयोग गर्ने, नगर्नेबारे कुनै निष्कर्ष निकाल्न सकेको छैन । 

कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ नै आवश्यक सङ्ख्या हो । यद्यपि गठबन्धन दलले सभामुखसहित ४७ पुर्याए पनि विश्वासको मत लिँदा उनले बराबरी भएको अवस्थामा मात्रै मत दिन पाउनेछन् । 

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत १५ गते प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि ढलेको हो । यसअघि उनलाई समर्थन गरेको माओवादी र जसपाले समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्रीमा कार्की २०७९ पुस २४ संविधानको धारा १६८ को उपधारा ९२० अनुसार नै नियुक्त भएका थिए ।

सोही धारा र उपधारा अनुसार आज सरकारको गठनका लागि कसैले पनि बहुमत दाबी गर्न नसके पुनः ठुलो दलको नेताको हैसियतमा उनै कार्की धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्री बन्नेछन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal