(Saturday , 11 May,2024)

आजबाट ट्राफिक सप्ताह सुरु (ओखलढुङ्गा)

NepalNewsLine

NepalNewsLine

Image 1

असार १९ । प्रभातफेरी कार्यक्रमका साथ आजबाट ओखलढुङ्गा जिल्लामा पनि ट्राफिक सप्ताह सुरु भएको छ । ट्राफिक सप्ताह कार्यक्रमको सिद्धिचरण नगरपालिका ओखलढुङ्गाका प्रमुख तेजेन्द्र खनालले उद्घाटन गरेका हुन् । 

सप्ताह उद्घाटनको अबसर पारेर मंगलबार ९आज० जिल्लाको जाल्पा मन्दिर नजिकवाट रमाइलो डाँडा बसपार्क सम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरी कार्यक्रमलाई बर्षाले अबरुद्ध गरेपनि बसपार्कमा एक कार्यक्रमका बीच सप्ताहको उद्घाटन गरिएको हो ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीको आयोजना र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको ब्यबस्थापनमा कार्यक्रम उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

सर्वसाधारण र सवारी चालकहरुका लागि ट्राफिक नियमबारे सचेतना जगाउन तथा सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरीले हरेक वर्ष जस्तो ट्राफिक सप्ताह कार्यक्रम आयोजना गर्दै आएको छ । त्यसैको निरन्तरता तथा सेवा प्रदायक र सेवाग्राहीलाइ ट्राफिक नियमको बारेमा थप सचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले जानकारी दिए ।

ट्राफिक सप्ताहको कार्यक्रम मार्फत यस अबधीमा ट्राफिक नियमबारे सचेतना जगाउने, अनुशासन उलंघन गरेमा कारवाही गर्ने र सवारी दुर्घटना तथा क्षति न्यूनिकरणका लागि सहयोग पुग्ने अपेक्षा लिइएको छ । कार्यक्रममा सिद्धिचरणका प्रमुख तेजेन्द्र खनाल तथा उप प्रमुख केदारबाबु बस्नेत, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा सरकारी कार्यालयका प्रतिनिधि,  विद्यालयका विद्यार्थी, शिक्षक एवम् सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal