(Saturday , 11 May,2024)

५४ तोला सुनसहित तीन जना पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

 

२३ वैशाख,कोशी - विराटनगरमा ५४ तोला सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले तीन जनालाई सुनसहित पक्राउ गरेको डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। 

शुक्रबार दिउँसो साढे ३ बजे विराटनगर महानगरपालिका(१५स्थित रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानमाथि प्रहरीले चेक गरेको थियो।

उक्त गाडीमा अवैध सुन र चाँदी भन्सार छलेर भारततर्फ लैजान लागेको भन्ने खबर प्रहरीले पाएको थियो। गोप्य सूचनापछि खटिएको टोलीले गाडीलाई रोकेर चेक गर्दा सुन, चाँदी र नगद फेला पारेको हो। 

भारत विहार कटिहार(१७ दुर्गापुर बाराबजार बस्ने ६१ वर्षीय बिनोदकुमार मुरार र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उक्त गाडीका चालक विराटनगर(२ का ५२ वर्षीय विमल कामतलाई पनि पक्राउ गरेको छ।

उक्त गाडी पछाडि अन्दाजी ५४ तोला सुनका गरगहना र अन्दाजी साढे ६ किलो बराबरका चाँदीका भाडा बरामद गरेको हो। 

यस्तै उनीहरूबाट ७ लाख बढी भारू पनि बरामद भएको छ। 

थप अनुसन्धानको लागि उनीहरूलाई ईलाका प्रहरी कार्यालय रानी मोरङमा पठाएको छ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal