(Sunday , 12 May,2024)

झापाबाट ७६ ग्राम ब्राउन सुगरसहित २ महिला पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

२२ वैशाख, झापा - प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम  ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१ घर भई हाल झापाको मेचीनगर  बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छिन् ।

झापा भद्रपुर नगरपालिका(८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीमाथि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली नागरिकता र मोबाइल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal