(Friday , 10 May,2024)

बाँकेको जयेन्दु बाल  सुधार गृहमा झडप, १० जना घाइते, १ को मृत्यु

NepalNewsLine

NepalNewsLine

Image 1

५ असोज, बुटवल - बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा  गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ ।

झडपमा १० जना भएका छन् । सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा   ११ जना घाइते भएका थिए ।

ती घाइते मध्ये एक जनाको  मृत्यु भएको बाँकेमा प्रमुख जिल्ला अधिकारी   विपिन आर्चायले बताए ।

 उनले   झडपको कारण खुल्न नसकेको बताए ।  

सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको स्थानीयले बताए ।

अहिले त्यहाँको अवस्था सामान्य रहेको आचार्यले बताए । 

बालगृहमा तोडफोड र  झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली  सुरक्षा व्यवस्था मिलाउनको लागि खटिएको थियो ।

बाँके  प्रहरी प्रमुख सन्तोष सिंह राठोरले  घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal