(Saturday , 14 June,2025)

जागिर सरकारी, काम पत्रकारदेखि बिमा एजेन्टसम्म, गाउँमै करोडौंको ठगी, भ्रष्टाचार मुद्दा ।

NepalNewsLine

NepalNewsLine

२३ जेठ, रामेछाप –  एकै व्यक्ति पत्रकारदेखि सरकारी जागिरेसम्म, पाँच ठाउँबाट बुझ्थे तलब(भत्ता, अब चल्यो १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा,  । आफूलाई पत्रकार हुँ भनी सबै कार्यालयका कर्मचारीलाई धम्काएर रकम असुल गरी भ्रष्टाचार गर्ने मन्थली नगर विकास समितिका अस्थायी नायब सुब्बा टीकाप्रसाद भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दुई दशकदेखि सरकारी कर्मचारीको हैसियत लुकाएर पत्रकार, बिमा अभिकर्ता र विज्ञापन एजेन्ट भएर दोहोरो(तेहेरो सुविधा लिएको अभियोगमा टीकाप्रसाद भट्टमाथि भ्रष्टाचार मुद्दा चलाइएको छ।
अख्तियारले बिहीबार सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरू अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्लेसहित ६ जनाविरुद्ध कमिसन लिएको, गैरकानूनी लाभ तथा हानी, गैरकानूनी व्यापार व्यवसाय, सम्पति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal