१८ साउन, काठमाडौं - लघुवित्त पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेका छन् ।
बिजुलीबजारको पुलमा उनीहरु धर्ना बसेका कारण बानेश्वर माइतीघर सडक खण्डमा गाडी प्रभावित भएका छन् ।
लघुवित्त पीडितहरूले लघु वित्तीय संस्था खारेजीलगायतका ५ बुँदे माग अघि सार्दै प्रदर्शन गर्दै आएका छन् ।
यसअघि उनीहरूले साउन १० गते नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्यसको भोलिपल्ट अर्थ मन्त्रालयले सह(सचिव भूपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
तर, पीडितहरूले आन्दोलनका कार्यक्रम जारी नै राखेका छन् ।
प्रतिक्रिया