७ असार, काठमाडौं - सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका परेका छन् ।
करिब एक सय किलो सुन प्रकरणमा थप ६ जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो ।
आइतबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी र ३ जना एजेन्ट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठ कर्मचारी हुन् । त्यस्तै, भन्सार एजेन्टहरु रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुली पक्राउ परेका हुन् ।
प्रतिक्रिया