(Thursday , 21 November,2024)

राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिर : अस्पताल भर्ना

author

Anonymous

२ असार, काठमाडौं । मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको उल्लेख गरिएको छ ।

राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै पाँच बजे उपचारका लागि भर्ना भएका थिए ।

गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनस् समस्या देखिएको हो ।
राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal