(Saturday , 11 May,2024)

श्रीलंकालाई हराउदै भारत फाइनलमा

author

Anonymous

Image 1

काठमाडौं । श्रीलंकालाई हराउदै भारत एसीसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।

श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा भारत ४१ रनले विजयी भएको हो ।

भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ बलमा अलआउट भयो । 

श्रीलंकाका लागि दुनिथ वेललेजले ४६ बलमा अविजित ४२ रन बनाए । धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए । 

भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २र२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा अलआउट हुदै २ सय १३  रन बनाएको थियो । 

भारतका लागि कप्तान समेत रहेका ओपनर रोहित शर्माले ५३ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि शर्मा र शुभमन गिलले ६७ बलमा ८० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । 

गिलले २५ बलमा १९ रन बनाए । शर्मालाई ५३ रनमा दुनिथले आउट गरेका थिए । तेस्रो विकेटका लागि केएल राहुल र ईशान किशनले ८९ बलमा ६३ रनको सानदारी साझेदारी गरेका थिए । 

राहुलले ४४ बलमा ३९ तथा किशनले ६१ बलमा ३३ रन बनाएका थिए । एक समय १ सय ५३ रनमा ३ विकेट मात्र गुमाएको भारतले ६० रन जोड्दा बाँकी  ७ विकेट गुमाएको थियो । 

श्रीलंकाका लागि दुनिथले १० ओभरमा ४० रन खर्चिएर महत्वपुर्ण ५ विकेट लिएका थिए । उनले कप्तान शर्मा, ओपनर गिल, पूर्व कप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गराएका थिए । 

चरिथ असलंकाले ९ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिएका थिए । महेश थिक्सनाले १ विकेट आफ्नो नाम गरे ।

बिहीबार हुने पाकिस्तान र श्रीलंकाको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । यस खेलमा विजेता बन्ने टोली फाइनलमा पुग्ने छ ।

फाइनल खेल आईतबार हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal