(Friday , 10 May,2024)

विश्वकप छनोट : अर्जेन्टिनाको लगातार दोस्रो जित

author

Anonymous

Image 1

काठमाडौं । अर्जेन्टिनाले विश्वकप छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको हो ।

अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

अर्जेन्टिनाको जितमा इन्जो फनान्डेज, निकोलस टागिलाफिको र निकोलस गोन्जालेजले समान १र१ गोल गरे ।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक बटुलेको छ । लगातार दोस्रो जित दर्ता गरेको अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार नै भएको अन्य खेलमा ईक्वेडर र भेनेजुयला विजयी भएको छ । 

छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal