(Saturday , 11 May,2024)

एनएसएलका सबै खेल काठमाडौंमा, विराटनगरले नखेल्ने

author

Anonymous

Image 1

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) का सबै खेल काठमाडौंमा हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले आईतबार बिज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पुर्ण खेल काठमाडौंमा हुने जानकारी गराएको हो । 

एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट सञ्चालन गर्ने तयारी छ ।

एनएसएलले देशको पछिल्लो बिग्रदो आर्थिक अवस्थाको कारण देखाउँदै सबै खेल राजधानी काठमाडौंमा गर्ने निर्णय गरिएको दाबी गरेको छ । एनएसएलको पहिलो संस्करण समेत काठमाडौंको दशरथ रंगशालामा भएको थियो ।

आयोजकले दोस्रो संस्करण काठमाडौं बाहिर लैजाने घोषणा गरेको थियो । पोखरा र विराटनगरलाई सम्भावित खेल स्थलको रुपमा हेरिएको थियो ।

देशको बिग्रदो आर्थिक अवस्थाका कारण काठमाडौंमा मात्र खेल सञ्चालन गर्दा सहभागी टिमको खर्च घट्ने एनएसएलले बताएको छ । 

यसैबीच विराटनगर सिटी एफसीले प्रतियोगिताबाट हात झिकेको आयोजकले जानकारी दिएको छ । विराटनगर दोस्रो संस्करणको प्रतियोगितामा सहभागी नहुने आयोजकको भनाई छ ।

आयोजकले विराटनगरलाई बाहिर राख्दै खेलको तालिका समेत सार्वजनीक गरेको छ । पहिलो उद्घाटन खेलमा काठमाडौं र इलाम भिड्ने तय भएको छ । 

विराटनगर बाहिरिएसँगै एनएसएलमा अब ९ टिम मात्र सहभागी हुनेछन् ।

प्रतियोगितामा काठमाडौं रेजर्स, पोखरा थन्डर्स, वुटवल लुम्बिनी, विरगञ्ज युनाईटेड, धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, स्पोर्टिङ इलाम र झापा एफसी रहेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal