(Friday , 10 May,2024)

एसिया कप : भारत र पाकिस्तान भिड्दै

author

Anonymous

Image 1

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज आईतबार भारत र पाकिस्तान भिड्दै छन् । 

एसिया कप अन्तर्गत सुपर फोरको खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा दिउँसो सवा ३ मा सुरु हुनेछ । 

समूह चरण मा टिमबीच बर्षा बाधक भएर दुईबीचको खेल रद्द भएको थियो ।  खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आँकलन गरिएको छ । 

सुपर फोर अन्तर्गतका खेलमा भारतले आज पहिलो खेल पाकिस्तानसँग खेल्दै छ । 

पाकिस्तानलाई हराउदै भारत सुपर फोरको सानदार सुरुआत गर्न चाहन्छ । उता, पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ ।  

लगातार दोस्रो जित सहित पाकिस्तान फाइनल सम्भावना बलियो बनाउन चाहन्छ । 

सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन् ।

चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal