(Friday , 10 May,2024)

दक्षिण अफ्रिकामाथि अष्ट्रेलियाको सानदार जित

author

Anonymous

Image 1

काठमाडौं । अष्ट्रेलियाले दोस्रो ओडिआईमा घरेलु टोली दक्षिण अफ्रिकामाथि सानदार जित हात पारेको छ । 

शनिबार राती भएको खेलमा पाहुना टोली १ सय २३ रनको जित हात पारेको छ ।

जितसँगै पाँच खेलको ओडिआई सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ । 

अष्ट्रेलियाले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१ दशमलब ५ ओभरमा २ सय ६९ रनमा अलआउट भयो ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले ३६ बलमा ३ चौका र ३ छक्कासहित ४९ रन बनाए ।

डेविड मिलरले ५२ बलमा ६ चौकासहित ४९ तथा कप्तान टेम्बा बभुमा ४० बलमा ४६रन बनाए । 

ओपनर क्विन्टन डि कक ३० बलमा ६ चौका र २ छक्कासहित ४५ रनको योगदान दिए ।

मार्को यानसनले २३ तथा रासी भान डर डुसन र कागिसो रबाडाले समान १७र१७ रन बनाए ।

अष्ट्रेलियाका लागि स्पिनर एडम जाम्पाले ४ तथा नाथन एलिस, आरोन हाड्ली र शन एबोटले समान २र२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९२ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि मार्नस लाबुसेनलले ९९ बलमा १९ चौका र १ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेले । 

ओपनर डेविड वार्नर ९३ बलमा १२ चौका र ३ छक्कासहित १ सय ६ रनमा आउट भए ।

अर्का ओपनर ट्राभिस हेडले ३६ बलमा ९ चौका र ३ छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । 

विकेटकिपर जोश इंग्लिसले ३७ बलमा ७ चौका र १ छक्कासहित ५० रन बनाउँदै आउट भएका थिए । 

दक्षिण अफ्रिकाका लागि तबरेज शाम्सीले ४ तथा कागिसो रबाडाले २ विकेट लिए ।

मार्को यानसन र एन्डिले फहलुकवयोले समान १र१ विकेट रह्यो । 

दुईबीचको तेस्रो खेल मंगलबार हुनेछ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal