(Friday , 10 May,2024)

जर्मनीमाथि जापानको सानदार जित

author

Anonymous

Image 1

काठमाडौं । मैत्रीपूर्ण खेलमा जर्मनीले जापानसँग हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा जर्मनी ४–१ गोल अन्तरले पराजित बनेको हो ।

पछिल्लो नतिजाले प्रशिक्षक हान्सी फ्लिकमाथि बर्खास्तीको दबाब थपिएको छ । 

जुन्या इटोले गोल गर्दै सुरुआतमा जापानलाई ११ औं मिनेटमा अग्रता दिलाएका थिए । बायर्न म्युनिखका फरवार्ड लिरो सानेले घरेलु टोली जर्मनीलाई बराबरीमा ल्याएका थिए ।

अयासे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा २–१ ले अघि बढाएका थिए । त्यसपछि दोस्रो हाफमा तकुमा असानो र आओ तनाकाले गोल गर्दै जापानलाई फराकिलो जित दिलाए ।

जर्मनीले पछिल्लो ५ खेलमा चौथों पराजय भोगेको छ । सन् २०२० को नेसन्स लिगमा स्पेनसँग ६–० ले पराजित बनेपछि जर्मनीले सबैभन्दा ठुलो हार ब्यहोरेको हो ।

सन् २०२१ मा गोचिम लोको स्थानमा आएका बायर्न म्युनिखका पूर्व प्रशिक्षक फ्लिकले जर्मनीका लागि पछिल्ला २५ खेलमा १२ खेलमा जित हासिल गरेका छन् । जर्मनीले सन् २०२२ को विश्वकपमा समेत जापानसँग २–१ ले पराजित बनेको थियो । 

पछिल्लो हारसँगै निराश बनेका फ्लिकले अझैपनि आफु जर्मनीका लागि उपयुक्त म्यानेजर भएको बताएका छन् । तर ब्यवसायीक फुटबलमा कसरी चिज परिवर्तन हुन्छ भनेर आफुले भन्न नसक्ने उल्लेख गरे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal