(Friday , 10 May,2024)

बैतडीमा मेडिकल सञ्चालकविरुद्ध मुद्दा

NepalNewsLine

NepalNewsLine

Image 1

२३ भाद्र,बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । दोगडाकेदार–६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

प्रहरी प्रवक्ता एवम प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले यही भदौ १९ गते अनुगमनका क्रममा कार्कीले मेडिकल अवैधरूपमा सञ्चालन गरिरहेको फेला पारेको थियो ।

अवैधरूपमा मेडिकल सञ्चालन गरेको पाइएपछि अनुगमन टोलीले सोही दिन पक्राउ गरेर प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

 प्रहरी निरीक्षक खत्रीले भने, “मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढे पनि क्लिनिक सञ्चालन गरेको पाइएको छ ।”

अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको थियो ।

चिकित्सकको प्रेसक्रिप्सनबिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको बताइएको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal